१६ माघ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनबाट तर्सिएको बताएका   छन ।

नेकपा काठमाडौँ महनगर कमिटीद्वारा शुक्रबार काठमाडौँमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हार निश्चित हुने भएकाले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनसँग डराएको बताएका हुन ।

उनले अहिले प्रचण्ड–नेपाल पक्ष अप्ठेरोमा परेको भन्दै निर्वाचनमा पनि उनीहरुको हालत ‘खराब’ हुने तर्क गरे ।

प्रधानमन्त्री ओलीले देशलाई ‘सांसद किनबेचको थलो’ बनाउन खोज्नेलाई जनताले सजाय दिने बताए ।

संकटकाललाई देखाउँदै निर्वाचन सार्ने नियोजित हल्ला चलाइएको भन्दै उनले तोकिएको समयमा नै निर्वाचन हुने स्पष्ट पारे ।

आफूलाई प्रचण्डले अध्यक्ष बनाएको भ्रम फैलाइएको  भन्दै ओलीले प्रचण्डलाई प्रधानमन्त्री आफूले बताएको तर्क गरे ।

ओलीले प्रचण्ड–नेपाल पक्षले आफूलाई सरकार र पार्टी सञ्चालनमा अवरोध गरेको र अहिले सो पक्ष अलग्गिएपछि पार्टी नै शुद्ध भएको बताए ।

त्यस्तै ओलीले माघ २३ गते देश र जनताका पक्षमा  पहिलो चरणको शक्ति प्रदर्शन गर्ने बताए । उनले प्रदर्शनमा सहभागी हुन महिला, युवा, शिक्षक सबैलाई अाह्वान पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर