१६ माघ २०७७, शुक्रवार
काठमाडौं-निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे कुनै निर्णय नभएको जनाएको छ।
शुक्रबार ओली पक्षीय नेताहरुसँग कुरा गरेपछि आयुक्त ईश्वरीप्रसाद पौड्यालले आधिकारिकता दाबी गर्न कुनै पक्ष नआएकोसमेत बताए ।
यस्तै आयोगले निर्वाचनको तयारी गरिरहेको उनको भनाई छ ।











