१६ माघ २०७७, शुक्रवार

नेपालमा पछिल्लो २४ घण्टामा थप  १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५पुगेको छ ।

https://amzn.to/4myfPN5

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार२२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३३३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६५ हजार ६९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना भाइरस संक्रमण कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर