१६ माघ २०७७, शुक्रवार

नेकपा ( दाहाल -नेपाल)अध्यक्ष माधवकुमार नेपालले नेकपाभित्र तमासा देखाउने एक मात्र केपी शर्मा ओली भएको बताएका छन ।

शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने ओलीले संविधानमाथि घात गर्ने काम गरेको बताउँदै अध्यक्ष नेपालले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानको घाँटी रेट्ने काम भएको औंल्याए ।

‘आफूलाई प्रथम अध्यक्ष भन्ने तर पार्टीलाई नमान्ने एक मात्र पार्टीभित्रको तमासा गर्ने व्यक्ति ओली हुन्’ अध्यक्ष नेपालले भने, ‘कम्युनिष्ट पार्टीमा कोही व्यक्ति सुप्रिम हुँदैन ।

आफूलाई पार्टीभन्दा माथि ठान्छ भने त्यो व्यक्ति कम्युनिष्टको नेता हुन सक्दैन । त्यो तानाशाह हुन्छ ।’

ओराली लागिसकेको ओलीको पछि लाग्नेहरुका अनुहार मलिन हुँदै गएको टिप्पणी गरेका अध्यक्ष नेपालले ओली गुटमा लागेका व्यक्तिहरु घर न घाटको अवस्थामा पुगेको पनि बताए ।

कम्यनिष्ट पार्टी, लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक र समावेशीतासँग ओलीलाई एलर्जी भएको कारण त्यसलाई बिगार्ने काम ओलीले गरेको तर आफूहरुले बनाउँदै गएको नेपालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर