१६ माघ २०७७, शुक्रवार

भरतपुरमा निर्माणधीन सिटी हल र ६ लेन सडकखण्डको शिलान्यास कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने भएको छ ।

https://amzn.to/4myfPN5

महानगरले आज (शुक्रबार) विहान पत्रकार सम्मेलन गरी शिलान्यास कार्यक्रम बहिष्कार गर्ने जानकारी गराएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शनिबार) सिटी हल र ६ लेन सडकखण्ड शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

आफूहरुको समन्वय बिनानै शिलान्यास कार्यक्रम राखिएको भन्दै कार्यक्रम बहिष्कार गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् । ‘हामीलाई कार्यक्रमबारे निमन्त्रणा पनि छैन, समन्वय पनि गरिएको छैन, महानगर कार्यक्रममा सहभागि पनि हुँदैन’–पत्रकार सम्मेलनमा प्रमुख दाहालले भनिन् ।

दुई ठूला परियोजनाको जोसुकैले शिलान्यास गरेपनि काममा अवरोध भने हुन नदिने महानगरले प्रतिवद्धता जनाएको छ ।

महानगर प्रमुख दाहालले भनिन्–‘एक दिन आएर ढुंगामा फूल चढाउँदैमा केही हुँदैन, सन्तानको माया असली आमालाई हुन्छ, सिटी हल र ६ लेन सडक निर्माणलाई तिव्रता दिन्छौ ।’

उनले मंसिर १४, २७ र पुस १० गरी तीन पटक शिलान्यासको मिति सारिएको भन्दै अहिले निर्माण कार्य सुरु भएको दुई महिनापछि शिलान्यस गर्न लागिएको प्रति आपत्ति प्रकट गरिन् ।

संघीय सरकारको बजेटमा भरतपुर महानगरपालिकाको स्वामित्वमा रहने गरी भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको पछाडी ४ विगाहा ४ कठ्ठा क्षेत्रफलमा सुविधासम्पन्न सभाहल (सिटी हल) निर्माण भइरहेको छ । २०७५ पुस १७ गते भरतपुर महानगरपालिकाको नाममा उक्त जग्गाको लालपूर्जा प्राप्त भएपछि सिटीहल निर्माणको प्रक्रिया अघि बढेको हो ।

यस्तै गोन्द्रा–नारायणगढ ६ लेन सडक निर्माणको काम पनि अहिले धमाधम भइरहेको छ ।

यी दुई परियोजनाको शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चितवन आउँदैछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर