१६ माघ २०७७, शुक्रवार

बाँकेमा एक  स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण शुक्रबार बिहान मृत्यु भएको छ।

https://amzn.to/4myfPN5

बैजनाथ गाउँपालिका टिटेहरिया स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रम्भा भारतीको मृत्यु भएको बाँकेका जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।

भारतीको  भेरी अस्पताल नेपालगञ्जमा उपचार भैरहेको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि भारतीलाई माघ १४ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिइन्।

योसँगै बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर