१६ माघ २०७७, शुक्रवार

नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले लुम्बिनी प्रदेश र जिल्लाहरुमा जिम्मेवारी हेरफेर गरेको छ। जस अनुसार लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी चयन भएका छन्।

यसअघि ओनशरी घर्ती अध्यक्ष थिइन्।

उनी प्रचण्ड माधव समुहको अहिले पनि अध्यक्ष छिन्। तर ओली समुहले घर्तिलाई पदबाट हटाएर गिरिलाई अध्यक्ष तोकेको दाबी गरेको छ।

जिल्ला तहमा पनि जिम्मेवारी तोकिएको छ पाल्पामा संयोजकमा नारायणप्रसाद आचार्य, सचिवमा ओमबहादुर घर्ति र नवलपरासी पश्चिममा संयोजकमा दिपेन्द्र अधिकारीलाई चयन गरिएको छ।

रुपन्देहीमा शिव सुवेदी संयोजक, तेजेन्द्र केशी सहसंयोजक र अनुप बराललाई सचिवको जिम्मेवारी दिएको छ।

यस्तै कपिलवस्तुमा झबिलाल पोखरेल संयोजक, डम्बर शर्मा सह संयोजक र धर्म भुषाल सचिव तोकिएका छन्।

दाङमा हुकुमबहादुर बस्नेतलाई संयोजक, सचिवमा मनेहर बुढाथोकी रहेका छन्। बाँकेमा संयोजकमा सुर्य ढकाल, सहसंयोजकमा किष्ण कक्षपति र सचिवमा प्रमोध धिताललाई तोकिएको छ।

त्यस्तै बर्दियामा लाल बहादुर श्रेष्ठ संयोजक, शालिकराम अधिकारी सहसंयोजक र पदम ढकाललाई सचिवको जिम्मेवारी दिइएको छ।

गुल्मीमा संयोजक मधुकृष्ण पन्त, सहसंयोजक बालसिंह काउचा र सचिवमा धर्म बहादुर विकलाई तोकिएको छ भने अर्घाखांचीमा चेतनारायण आचार्यलाई संयोजक र तोज बहादुर रायमाझीलाई सचिवको जिम्मेवारी दिईएको छ।

प्युठानमा तुल्सीराम शर्मालाई संयोजक तोकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर