
१६ माघ २०७७, शुक्रवार
मकवानपुरमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
बकैयाँ गाउँपालिका-४ छतिवनस्थित निर्माणाधीन धरान-चतारा सडकखण्डमा बस दुर्घटना भएको हो।
धियाँलबाट हेटौंडा आउँदै गरेको ना३ख ३३४४ नम्बरको बस पल्टिएको प्रहरीले जनाएको छ।
बसमा ३० जना यात्रु थिए। घाइते २२ जनालाई उपचारका लागि जिल्ला अस्पताल हेटौंडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सडकको किनारमा रहेको तारको जालीमा ठोक्किएर बस पल्टेको छ।