कोरोना भाइरसको संक्रमणविरुद्ध आज (बिहीबार) सम्म २८ हजार ७३२ जनाले खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज साँझ ५ बजेसम्म ७७ जिल्लामा २८ हजार ७३२ जनाले खोप लगाएका हुन्।

https://amzn.to/4myfPN5

जसमध्ये प्रदेश १ मा तीन हजार ८७४, प्रदेश २ मा दुई हजार १७४, वागमती प्रदेशमा ११ हजार ४६१, गण्डकीमा चार हजार ८५३,

लुम्बिनीमा दुई हजार ३०३, कर्णालीमा एक हजार ६७७ र सुदूरपश्चिममा दुई हजार ४१७ ले खोप लगाएका छन्।

आजसम्म खोप पाएका व्यक्तिहरुमध्ये कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ।

सरकारले फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी तथा स्वास्थ्यकर्मीरुलाई प्राथमिकताको आधारमा खोप लगाउन सुरु गरेको हो।

तीन महिनाभित्र सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारले घोषणा गरेको छ।

कोरोनाविरुद्धको खोप लगाउन थालिएको आज दोस्रो दिन हो। हिजो पहिलो दिन नौ हजारले खोप लगाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर