१४ माघ २०७७

दाङमा बुधबार २०८ जनाले कोरोना खोप लगाएका छन् ।

पहिलो चरणमा जिल्लाका स्वास्थ्यकर्मी,सरसफाइकर्मी, राष्ट्रसेवकलगायतलाई खोप दिइएको हो ।

राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठानमा एकसय २० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ८८ जनालाई कोरोना खोप प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

दाङमा ६ हजार डोज खोप आएको छ ।  दाङमा १० दिनसम्म खोप सञ्चालन हुनेछ ।

वुधबारदेखि अन्य पालिकाहरुमा पनि खोप सेवा सञ्चालन हुनेछ ।

एक व्यक्तिलाई दुई पटक खोप दिईने भएकाले २८ दिन पछि पुनः दोस्रो चरणको खोप दिईने दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर