१४ माघ २०७७, बुधवार

नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित भएर दुई धार बनिसके पनि आफ्नो एकता अभियान नरोकिने बताएका छन्।

https://amzn.to/4myfPN5

ललितपुरमा बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले नेकपा व्यवहारिक र राजनीतिक रुपमा फुटिसकेको स्वीकारेका छन्।

उनले नेकपा व्यवहारिक र राजनीतिक रुपमा फुटिसकेको भए पनि अझै कानुनी रुपमा नफुटेको बताए।

निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत ल्याएर  सरकार बनाउने ठाउँमा पुगेको यो पार्टीको गौरव एकतामै बढ्ने थियो भन्दै उनले देशको नयाँ विशेषतामा आधारित समाजवाद हेर्न संसारका मान्छे आउने भनेर खुसी भइरहेको अवस्थामा पार्टी फुटेको बताए।

गौतमले आफूलाई पछि एक समूहमा लाग्ने आंशका भइरहेको भन्दै आफू दुवै समूहमा नलाग्ने घोषणा गरे। उनले पार्टी एकतामा नै जुट्ने बताए।

हेरौ पार्टि एकताको अवधारणापत्र

Concept Paper Final

प्रतिक्रिया

सम्बन्धित खवर