उर्मिला यादव
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट अवैध कारोबारमा संलग्न २ वटा चार पांङग्रे गाडी सहित ४४
लाख ६५ हजार ५ सय ८४ मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार
आज बर्दघाट नगरपालिका वडा नम्बर ४ बाढीपिडित स्थित भित्री सडक खण्डमा पार्किङ गरी राखेको लु.अ.अ.मा. ९२३१ नम्बरको
अनटेस्ट कारलाई चेक जांच गर्दा उक्त गाडी भित्र भारतबाट भन्सार छलि अवैध रुपमा ल्याएको मारोटी , डेटाइम रनिंग ल्याम्प , ग्रिप
ब्लाक स्टेरिंग स्विफट , हुइल र्आच वाइ वन के लगायतका मोटर पार्टस फेला पारी गाडी सहित ईलाका प्रहरी कार्यालय बर्दघाटबाट
खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उक्त मोटर पार्टस सामानको मुल्य करीब ८४ हजार ६ सय ५० र अनटेस्ट गाडीको
अन्दाजी मुल्य ३० लाख गरी कुल ३० लाख ८४ हजार ६ सय ५० मुल्य बराबर रहेको प्रहरीले जनाएको छ । बरामद सामान र गाडी आजै
आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब
उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ । त्यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलील भारतबाट भन्सार
छली अवैध रुपमा लु १ ज ४२७९ नम्बरको पिकअपमा राखि ल्याउदै गरेको १०४ प्याकेटमा ४१६ पिस टायल सरावल गाउँपालिका वडा
नं. ७ मोजरैया बाट गाडी र गाडी चालक सहित नियन्त्रणमा लिएको छ । उक्त टायलको मुल्य १ लाख २४ हजार ८ सय र पिकअप
गाडीको अन्दाजी मुल्य ९ लाख गरी १० लाख २४ हजार ८ सय मुल्य बराबर रहेको प्रहरीले जनाएको छ । बरामद टायल,गाडी र गाडी
चालकलाई आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु
भयो । त्यसैगरी ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई
राखेको २ लाख २७ हजार ४ सय ३४ मुल्य बराबरको थान कपडा, धनियाको बिउ, गरम मसला लगायतका मालसामान बर्दघाट
नगरपालिका वडा नं. ७ ज्यामिरेभार बाट बरामद गरेको जनाएको छ । त्यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले
भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी १ लाख ९ हजार १ सय मुल्य बराबरको जेसिबीका बिभिन्न
पार्टपुर्जा, थाल, ढोकाको कब्जा , चिनी, सुर्ती लगायतका मालसामान सरावल गाउँपालिका वडा नम्बर ७ बुलन्दपुर बाट बरामद गरेको छ
। त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १९ हजार ६ सय मुल्य
बराबरको ४९ गोटा (९८ केजी) जिउदो बोईलर कुखुरा रामग्राम नगरपालिका वडा नं. १६ हकुई बाट बरामद गरेको जनाएको छ ।
बरामद भएको कुखुरा आजै आवश्यक कारवाहीको लागि महेशपुर पशु क्वारेन्टाईनमा बुझाईएको प्रहरी नायब उपरीक्षक लामाले
जानकारी दिनु भयो ।









