१३ माघ २०७७, मंगलवार

सर्वसाधारणलाई लगानी गरिएको ऋणको गैरकानुनी ब्याज असुली गर्ने मिटरब्याजी धन्दा चलाउँदै आएका विराटनगर–९ का मन्टु भनिने सन्जयप्रसाद रौनियार विरुद्ध मोरङ प्रहरी अनुसन्धान सकाएको छ ।

प्रहरीले मन्टु विरुद्ध गरेको अनुसन्धान र दसी प्रमाणका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्ने भएको हो ।उनलाई अदालतमा मंगलबार उपस्थित गराइएको छ ।

सरकारी वलिकको कार्यालयले अदालतमा मुद्दा दर्ता गराउने तयारी गरिरहँदा अदालत परिसरमा मन्टुद्वारा पीडित बनाइएकाहरु धर्नामा बसेका छन् ।

उनीहरुले मिटरब्याजी मन्टुलाई हदैसम्मको सजायको माग गर्दै धर्ना दिईरहेका हुन् ।

मोरङको धनपालथान–४ मा मन्टुले पीडित बनाइएकाहरु विराटननगर आएका हुन् ।

त्यस बाहेक अन्य स्थानका पीडित समेत मन्टुलाई कडा सजायको माग गर्दै धर्नामा बसेका छन् ।

पीडित पक्षका व्यक्तिहरु अहिले अदालत बाहिर प्लेकार्डसहित उभिएर शान्तपूर्वक धर्ना दिईरहेका छन् ।

गत मंसिर २९ गते पक्राउ परेका मन्टुसँग पीडित बनेका १६ जनाले प्रहरीमा जाहेरी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर