१३ माघ २०७७, मंगलवार

चितवनमा स्कूल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

आज (मंगलबार) विहान ९ः२० बजे रत्ननगर नगरपालिका १० हरिहर मन्दिर अगाडि पूर्वपश्चिम राजमार्गमा सनराइज बोडिङ स्कूलको बा २ ख ५६७४ नम्वरको बसले बा ९२ प ५२०४ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट मोटरसाइकल चालक सोलुखुम्बु टापटिङ ५ का २४ बर्षिय अनिल मगर र पछाडि सवार सुनसरी जिल्ला धरान नगरपालिका ९ का २० बर्षिय गौरब राइको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते उनिहरुको उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याउने क्रममा विहान ९ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने चालक फरार रहेको र खोजी कार्य तीब्र पारिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर