१३ माघ २०७७, मंगलवार

जिल्ला प्रहरी कार्यालय चितवनले नेत्रविक्रम चन्द समूहका विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन् ।

अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य तथा भरतपुर महानगर संयोजक रहेका उनलाई प्रहरीले शुक्रबार भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले    जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर