
११ माघ २०७७, आइतवार
प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा पेस भएको छ।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले २०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध मुद्दा हालेका हुन्।
प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेका थिए।