११ माघ २०७७, आइतवार

सहरी विकास मन्त्री प्रभु साहले प्रचण्डमुक्त पार्टी र नेपाल अहिलेको आवश्यक्ता रहेको बताएका छन् ।

तत्कालिन माओवादी द्वन्द्वकालदेखि नै ३० वर्ष पार्टीको अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरंकुश भइसकेको मन्त्री साहले जिकिर गरेका हुन् ।

गृहजिल्ला रौतहटको सदरमुकाम गौर स्थित क्षेत्र १ को नेकपा ओली निकट अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै तत्कालिन माओवादी जनयुद्ध कालदेखिनै प्रचण्डले पटक–पटक बोली फेरेर मधेशीलाई झुक्याएको उनले आरोप लगाएका थिए ।

‘नेपाली जनताले स्थिर सरकार र देशको विकासको निमित नेकपालाई झण्डै दुई तिहाईको बहुमत दिएर जिताएका थिए ।

तर केहीनेता पदको लुलुप्ता र आफनो स्वार्थको निमित ३ वर्षको अवधिमा झण्डै ७० वटा भएको बैठकमा कहिल्यै समृद्धि र विकासको बारेमा कुरो गरिएन ।

मात्र प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने दाउमा देशलाई बन्दी बनाइयो,’ उनले भने ।

आफनै सरकारको काम कारवाही रोक्ने, अविश्वास प्रस्ताव दर्ता गराउने नेताहरु प्रतिगामी मात्र नभइ अन्तरघाती रहेको मन्त्री साहले बताएका थिए ।

५ वर्षमा हुने पार्टीको महाधिवेशनमा पराजित भएका माधव नेपाल विभिन्न जालझेल गरेर प्रधानमन्त्री बनेको र अहिले कथित अध्यक्ष बनेको उनको भनाइ छ ।

यस्तै चरित्रको कारण रौतहटका जनताले नेता नेपाललाई उनको औकात देखाइसकेको र अहिले फेरि उनकै कारण पुरै जिल्ला बदनाम भइरहेको मन्त्री प्रभु साहले बताएका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर