१० माघ २०७७, शनिवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहका नेता महेश बस्नेतले  प्रचण्डका मिडियाले भ्रम पार्दै हिँडेको तर तल्लो तहमा त्यस्तो भ्रम नरहेको बताएका छन ।

https://amzn.to/4myfPN5

शनिबार तानसेन पाल्पामा आयोजिन अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘साइबर सेना स्याल होईन, अब साईबर सेना सिंह बन्नुपर्ने आवश्यकता छ, त्यही साइबर सेनाले प्रचण्ड र माधवलाई ठेगान लगाउने छ ।

ह्वाइटबडी, बालुवाटार र लडाकु काण्डलाई ओलीले उठाउनु हुनेछ र यिनीहरु जेलमा हुनेछन् ।’

जनताको साथमा निर्वाचनमा जानुको ओलीसँग विकल्प थिएन त्यसैले नयाँ जनादेशबाट अब नेकपा अगाडी बढ्छ, बस्नेतले भने, ‘दुई पार्टी मिलेर बनेको नेकपामा स्वार्थपूर्तीमा लाग्ने केही नेताहरुले अध्यक्ष ओलीलाई घेराबन्दीमा पार्ने र अविश्वासको प्रस्तावबाट हटाउने षड्यन्त्र गरेपछि प्रधानमन्त्रीले बाध्य भएर संवैधानिक अधिकारको प्रयोग गरेर संसद विघटन गर्नुभएको हो,

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता सम्पन्न नहुनुमा प्रचण्डको भुमिका रहेको वताए , उनले भने, ‘नेकपाको अनुभूती कार्यकर्ताले गर्नै पाएनन्, प्रचण्डलाई एकिकरणको नेतृत्व गर्ने अवसर थियो, त्यो काम पुरा गर्न सक्नुभएन र ध्यान सरकार चलाउँछु भन्नेमा गयो ।’

अहिलेको परिस्थितीको मुख्य कारण तत्व नै प्रचण्ड हो ।

प्रतिक्रिया

सम्बन्धित खवर