
सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको मिति तय गरेपछि जिल्ला निर्वाचन कार्यालयले
आवश्यक तयारी थालेको छ । निर्वाचन आयोगको निर्देशनअनुसार कार्यालयले मतदान केन्द्र पुनरावलोकन, मतदाता नामावली
अद्यावधिकलगायतका काम थालेको हो ।
निर्वाचनको मिति घोषणासँगै जिल्ला निर्वाचन कार्यालयमा चहलपहल बढेको छ । कार्यालयले सरोकारवाला निकायसँग निर्वाचनलक्षित कार्यक्रमबारे छलफल शुरुआत गरेको छ । निर्वाचन कार्यालयले आज मतदान केन्द्र पुनरावलोकनसम्बन्धी बैठक सम्पन्न ग¥यो । जिल्ला निर्वाचन अधिकारी निर्मला रेग्मीले प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा मतदान केन्द्र पुनरावलोकन र मतदाता अद्यावधिक कार्यक्रमसम्बन्धी छलफल गरेको जानकारी दिइन् ।