
दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४०
को मोतिलाल चौधरीको हत्या गरेको आरोपमा सोहि वडाका ४८ बर्षिय मनिराम चौधरी, ३८ बर्षिय धन बहादुर चौधरी र ३३ बर्षिय
मोतिलाल चौधरी गरी तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए ।
आरोपीहरुले लखेटी–लखेटी चौधरीको विभत्स हत्या गरी कुलोमा फालेका थिए । घटनाको अनुसन्धान गदै जाँदा उनीहरुले पुरानो
रिसईवीका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको
जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।