
९ माघ २०७७, शुक्रवार
कृषि विकास बैंकले विभिन्न १५ वटा पदका लागि ३२६ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै चार तहको लेखापालदेखि ९ तहको वरिष्ठ शाखा प्रमुखसम्मका लागि आवेदन आह्वान गरेको हो ।
बैंकले जारी गरेको सूचना अनुसार बैंकले १८१ जना खुला, ५२ जना महिला, ३७ जना आदिवासीरजनजाति, ३० जना मधेसी, १३ जना दलित, ६ जना अपांगता भएका र ७ जना पिछडिएको क्षेत्रबाट जागिरका लागि आवेदन माग गरेको हो।
नियुक्ति स्थायी हुने छ। पदअनुसार योग्यता फरक फरक तोकिएको छ। कम्तिमा प्लसटु उत्तीर्ण हुनु पर्नेछ।
परीक्षा दस्तुर ४ सयदेखि एक हजार रुपैयाँसम्म लाग्ने छ। परीक्षा दस्तुर कनेक्ट आइपीएस, इसेवा र खल्ती एपलगायतबाट बुझाउन सकिन्छ।
अनलाइनबाट फारम भर्न सकिने छ। बैंकको वेबसाइटमा यो सुविधा उपलब्ध छ।
४० वर्षसम्मकाले आवेदन दिन सक्ने छन्।