८ माघ २०७७, बिहिवार

पछिल्लो २४ घण्टामा देशभर ३३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार ५ हजार ३० जनाको पीसीआर परीक्षण भएकोमा ३३६ जनालाई कोरोना पोजेटिभ देखिएकाे हाे ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।

संक्रमण पुष्टि भएकामध्ये २ लाख ६२ हजार ८६८ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २२६ जनाले कोरोना जिते ।

आज थपिएकामध्ये काठमाडौं उपत्यकाका १९८ जना रहेका छन् ।

यसैगरी २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९७९ पुगेको छ  ।

सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ रहेको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर