८ माघ २०७७, बिहिवार

प्रमुख  प्रतिपक्षी  दल नेपाली कांग्रेस र  जनता समाजवादी  पार्टी नेपालले  गण्डकी  प्रदेशलाई  अस्थिरतातर्फ  धकेल्न नचाहेको धारणा राखेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको भन्दै सडकमा उत्रिएका प्रतिपक्षी पार्टीहरुमात्र नभई स्वयम् नेकपाका प्रचण्ड, माधव नेपाल पक्षले समेत विरोध तथा अन्य प्रदेशमा अविश्वासको प्रस्ताव ल्याइरहँदा गण्डकीमा भने एक भएर काम गरिरहेका छन् ।

‘हामी गण्डकी प्रदेशमा अस्थिरता चाहँदैनौ । जनताको लागि काम गर्न चाहान्छौँ । अहिले पनि प्रदेशमा मुख्यमन्त्रीको दुई तिहाइ बहुमत छ । हामी सोहि अनुसार नै अघि बढ्छौँ’, प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपालीले भने,‘कांग्रेस जनताको पार्टी हो जनताको मर्म बुझेर नै अघि बढ्छ ।’

अर्का प्रदेशसभा सदस्य कुमार खड्काले नेकपा नफुटको र मुख्यमन्त्रीको दुई तिहाई मत रहेकाले त्यसलाई अस्थिरतातर्फ लान नचाहने धारणा व्यक्त गरे । हामीले हाम्रो प्रदेश बनाउने हो, हामी पनि वैद्यानिकताभन्दा पर जान मिल्दैन् ।

यस्तै समाजवादीका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशसभा सदस्य हरिशरण आचार्यले प्रदेशमा स्थायित्वको चाहाना राखेका कारण आफूहरुले असंवैद्यानिक कदम नउठाउने स्पष्ट पारे । प्रदेश सरकारलाई नेकपा विभाजन नभएको खण्डमा यथावस्थामा राख्ने र सडकबाट संसद् पुनःस्थापनाका लागि आन्दोलन गरिरहने आचार्यले बताए ।
कांग्रेस र समाजवादी पार्टीले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै गण्डकी प्रदेशलाई नमुना प्रदेशको रुपमा अघि बढाउन पार्टीभन्दा माथि उठेर सबै एक भई जनताको काममा लाग्ने स्पष्ट पारेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर