
४ माघ २०७७, आइतवार
निर्वाचन आयोगले घोषित चुनावको तयारीबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग आइतबार छलफल गरेको छ ।
छलफलका क्रममा आयोगले यही माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने एवम् १६ र १७ गते त्रुटि भए सच्याउन निवेदन दिन
लगाउने प्रस्ताव गरेको छ ।
आउँदो वैशाख १७ र १७ गते मध्यावधिक चुनावको घोषणा भएकाले त्यसबारे छलफल गर्न आयोगले राजनीतिक दलका
प्रतिनिधिहरूसँग छलफल गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आउँदो वैशाख १७ र २७ गते मध्यावधिक चुनाव गर्ने घोषणासहित प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गएको पुस
५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेलगत्तै आयोग चुनावको तयारीमा जुटेको छ ।