
३ माघ २०७७, शनिवार
खानेपानी मन्त्री तथा ओली पक्षीय नेकपा नेता मणी थापाले प्रचण्डका कारण माओवादी पार्टी समाप्त भएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँची जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रचण्डले अहिलेको अवस्थामा लोकप्रिय रहेको पूर्व एमाले पार्टीलाई पनि सिध्याउन लागेको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमाले पार्टी सिध्याउन नदिएको नदिएको मन्त्री थापाको भनाइ छ ।
प्रचण्ड र नेपालको राजनीति अबको केही समय पछि घरको कोठामा मात्र सिमित हुने मन्त्री थापाको तर्क छ ।