३ माघ २०७७, शनिवार

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम सच्याउन सबै एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

https://amzn.to/4myfPN5

शनिवार विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाज मोरङको साधारणसभामा  नेता कोइरालाले प्रतिगमन विरुद्धको आन्दोलनमा  लाग्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘प्रचण्ड र माधवसँग बदला लिन र बैशाखमा चुनाव गराउन यो प्रतिगमन भएकै होइन, यसमा गहिरो षडयन्त्र छ, यसैले सच्याउन सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन ।’

डा. कोइरालाले  प्रतिगमनले संघीयता र गणतन्त्रलाई खतरामा पारेकोले अब काँग्रेसले अदालतको फैसलालाई नपर्खेर सबैलाई साथमा लिएर  आन्दोलनमा जान ढिलाई गर्न नहुने बताए ।

नेता कोइरालाले काँग्रेस लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्ध भएकोले चुनावबाट नभाग्ने र अदालतको फैसललाई मान्न तयार रहेको बताए, तर अदालतको बहानमा प्रतिगमन विरोधी आन्दोलनलाई कमजोर बनाउन नहुनेमा उनको जाड थियो ।

नेता कोइरालाले भने,  ‘मुख्य प्रतिपक्षी दल भएर हामीले पनि खेल्नुपर्ने जति भूमिका सशक्त ढंगले निभाउन सकेका छैनौँ, तर अब सबै एक भएर अगाडि बढनैपर्छ ।’

उनले भने, ‘शेरबहादुरजी, ओलीजी जस्तै व्यक्त्तिगत स्वार्थमा लोभिनुभयो । यसैले सुरुदेखि नै खेल्नुपर्ने जति भुमिका काँग्रेसले खेल्न सकेन, हुनुपर्ने जति आन्दोलन पनि भएन, काँग्रेस अलमलमा परिरह्यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर