 
							३ माघ २०७७, शनिवार
पाँचथर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार फिदिममा गरेको बृहत् कार्यकर्ता भेलामा उनले ताजा जनादेशबाट मुलुकलाई निकास दिनुको विकल्प नरहेको वताएका हुन् ।
‘नेकपाकै बहुमत रहे पनि सरकारले काम गर्न नसक्ने स्थिति निर्माण गरिएपछि दुई वर्ष किन खेर फाल्ने भनेर सरकारले ताजा जनादेशमा जाने निर्णय लिएको हो’, उनले भने, ‘सर्वोच्च अदालतले स्टेअर्डर जारी नगरेपछि निर्वाचन हुने निश्चित भयो, अब तयारीमा लागौँ ।’
‘वर्षौँवर्ष हुन नसकेका काम यो सरकारले गरेको छ’, उनले भने, ‘यिनै कुरा लिएर जनतामा जानुपर्छ ।’


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com