१ माघ २०७७, बिहिवार
भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत प्रस्थान गरेका छन्।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली बिहिबार भारतको नयाँदिल्लीतर्फ गएका हुन् । बैठक तीन दिनसम्म चल्ने छ ।
परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ ।
मन्त्री ज्ञवालीको भ्रमणका क्रममा सीमा, पारवहनलगायत नेपाल-भारत सम्बन्धका सबै विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादपछि नेपाल-भारतबीच यति उच्चस्तरमा पहिलो पटक वार्ता हुन लागेको हो।
नेपालको आन्तरिक राजनीति निकै तरल अवस्थामा रहेका बेला परराष्ट्र मन्त्री ज्ञवालीको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।
मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किनेछन् ।









