
२८ पुस २०७७
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजनीतिक अस्थिरता पैदा हुने अवस्था आएपछि प्रधानमन्त्रीले संसद विघटनको कदम चालेको बताएका छन् ।
मंगलबार ललितपुरमा अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अस्थिरता पैदा हुने अवस्था आएकै कारण संसद बिघटन गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताएका हुन ।
सरकारलाई काम गर्न अवरोध गर्न खोजिँदा संसद विघटन गर्न बाध्य हुनुपरेको उहाको भनाइ थियो ।
आफूहरुले नयाँ नेपाल बनाउन चाहेको बताउँदै उनले समाजवादी नेपालले मात्र सबैलाई समृद्ध बनाउने उल्लेख गरे
मन्त्री थापाले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउने कदम ठिक थियो कि थिएन भन्ने बहस हुनुपर्नेमा जोड दिए ।
गृहमन्त्री थापाले क्रान्तिकारी विचार नीति र त्यसको कार्यान्वयन, एकताको पक्ष नै अहिले सही बिचार भएको तर्क गरे ।