२८ पौष २०७७, मंगलवार

पछिल्लो २४ घण्टामा ४८८ जना कोरोना संक्रमित थपिएका छन् भने, १० जनाको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा ५ हजार ३ सय ९ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ८८ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ८७ हजार ५ सय ५५ पुगेको छ ।

आज थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल २ सय ३७ जना क्वारेन्टाइनमा रहेका छन् । ५२७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर