२८ पौष २०७७, मंगलवार

दार्चुला,ब्याँस गाउँपालिकाको वडा नम्बर ४ सुन्सेरा केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर ४८ मिनेटमा भुकम्प गएको छ ।

भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुन्सेरा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भुकम्प गएको हो ।

दार्चुला केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्का सुदुर पहाडका बैतडी लगायतका जिल्लाहरुमा महसुस गरिएको स्थानियले बताएका छन् ।

जिल्ला सदरमुकाम खलंगाबाट २५-३० किलोमिटर उत्तरमा केन्द्रबिन्दु रहेको भुकम्पबाट कुनै किसिमको क्षति नभएको प्रहरीले जनाएको छ ।

केन्द्रबिन्दु आसपासका स्थानियले भने भुकम्पको ठुलै धक्का महसुुस गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार