२७ पौष २०७७, सोमवार

नेकपाको ओली समूहले फेरि केन्द्रीय कमिटी विस्तार गर्दे १ हजार ५०१ सदस्यिय वनाएको छ ।

पुस ९ गते सकिएको केन्द्रीय कमिटी बैठकले विधानमा दोस्रो पटक संशोधन गर्दै केन्द्रीय कमिटी संख्या बढाएको हो ।

‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ ।

यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’, अन्तरपार्टी निर्देशिका ९अपानि० मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १५०१ पुगेको जानकारी दिएको छ ।

केन्द्रमा जस्तै मातहतका कमिटीको संख्या पनि बिस्तार गर्न निर्देशन दिँदै तत्काल कसैलाई कमिटीबाट नहटाउने तर आवश्यकता अनुसार कमिटीमा बढीमा शतप्रतिशतसम्म सदस्य मनोनयनको गृहकार्य गर्न भनिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर