२६ पुस २०७७

नेपाली दुतावास युएईले केहि दिनदेखि युएईमा कोरोनाको संक्रमण उच्चदरमा बढेको भन्दै सचेत रहन  सवै नेपालीलाई आग्रह गरेको छ ।

दुतावासले आइतवार विज्ञप्ती निकालेर युएईमा एकै दिन झण्डै ३ हजार नयाँ संक्रमण भएको भन्दै सचेत रहन आग्रह गरेको हाे ।

विशेषगरी युरोपेली मुलुकहरुमा देखिएको नयाँ प्रकारको भाइरस युएईमा पनि देखिन थालेको भन्दै दुतावसले त्यहाँको सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालना गर्न सवै नेपालीहरुलाई आग्रह गरेको छ ।

दुतावासले त्यहाँ रहेका सवै नागरिक र विदेशी नागरिकलाई भ्याक्सिन निशुल्क रुपमा उपलब्ध रहेको समेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर