
२६ पौष २०७७, आइतवार
२६ पौष २०७७, आइतवार
रोजगारीको लागि मलेसिया पुगेको २७५ जना नेपालीहरुले सन २०२० मा ज्यान गुमाएका छन ।
नेपाली दुतावास क्वालालम्पुर मलेसियाले दिएको जानकारी अनुसार उनीहरुले विभिन्न कारणले गर्दा ज्यान गुमाउन पुगेका हुन ।
दुतावासका द्धितिय सचिव प्रतिक कार्किका अनुसार अधिकाश श्रमिकहरुको ह्दयघातका कारण मृत्यु भएको देखिएको छ ।
बेलुका खाना खाएर सुत्ने तर बिहान उठाउन खोज्दा नउठ्ने अच्चानक रातीमा सुतेको बेला हृदयघात को कारणले मृत्यु भएको देखियो उनले भने ।
त्यस वाहेक मलेसियामा पुगेर आत्महत्या गर्ने,सवारी दुर्घटनामा पर्ने,मदिरा सेवन गरी एक आपसमा झगडा गर्नुका साथै खानपिन, शारीरिक अस्वस्थता, कारण पनि नेपालीहरु मर्ने गरेको देखिन्छ । मलेसियामा अहिले करीव चार लाख नेपालीहरुले श्रम गरिरहेको अनुमान गर्न सकिन्छ ।