२६ पौष २०७७, आइतवार

आज  दिउँसो १ बजेका लागि तय भएको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

https://amzn.to/4myfPN5

बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनपछिका राजनीतिक परिस्थितिबारे बैठकमा सम्बाेधन गर्नेछन् ।

साथै आजको बैठकमा उनले ‘थारू आयोगको वार्षिक प्रतिवेदन २०६६/७७’ पेश गर्ने कार्यक्रम रहेकाे संसद सचिवालयले जनाएकाे छ ।

यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गर्ने कार्यसूची रहेकाे छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले नेकपा दुई समूहमा विभाजित भएकाे छ । नेपाल–दाहाल समूहले असंवैधानिक कदम चालेकाे भन्दै ओली समूहको विरोध गर्दै आइरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर