२५ पौष २०७७, शनिवार

पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेका चारजना पूर्वप्रधानन्यायाधीशहरुलाई चुनाव लडेर राजनीति गर्न चुनौती दिनुभएको छ ।

शनिबार काभ्रेमा भएको एक कार्यक्रममा बाँस्कोटाले माधव–प्रचण्डले गठन गरेको पार्टीको सदस्य बनेर चुनाव लड्न आउन चुनौती दिनुभएको हो । ‘श्रीमानहरुलाई राजनीति गर्न मन लागेको भए दाहाल–नेपाल समूहको अलोकतान्त्रिक कित्ताको सदस्य भएर चुनाव लड्न आउँदा हुन्छ’, बाँस्कोटाले भन्नुभयो ।

सर्वोच्चमा विचराधीन मुद्दाको फैसला सर्वोच्चले सुनाउने भएकाले सडकबाट फैसला नसुनाउन पनि उहाँले चेतानवी दिनुभएको छ । ‘भूतपूर्वहरुले फैसला गर्ने हैन वर्तमानले गर्ने हो,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्मको विधि त त्यहि होला नी श्रीमानहरु ?’

शुक्रबार सर्वोच्चमा चार पूर्वन्यायाधीशहरु मीनबहादुर रायामाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै संयुक्त विज्ञप्ति जारी गर्नुभएको थियो ।

पूर्वमन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले संसद विघटना नगरेको बताउँदै प्रतिनिधिसभा विघटन गर्न संविधानअनुसार पाइने जिकिर गर्नुभएको छ । उहाँले केपी ओलीको पालामा देशमा समृद्धि र विकास भएको दाबीसमेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर