आज नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन देशव्यापीरुपमा गर्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पुस १९ गते बसेको केन्द्रीय समिति बैठकले आज (पुस २५ गते) ३ सय ३० वटै प्रदेश सभा निर्वाचन

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

यस्तै विरोधका कार्यक्रम अन्तर्गत नै माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते देशहरुका सबै ६ हजार ७४३ वटै वडाहरूमा विरोध

प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि कांग्रेसले यसको विरोध गर्दै आएको छ । पुस १३ गते

पनि उसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो । यद्यपी कांग्रेसको अर्को केन्द्रीय समिति बैठक भने माघ

६ गते बस्ने भएको छ ।

यस्तै अन्य प्रतिपक्षी दल र नेकपाको प्रचण्ड माधव समूहले पनि यसको विरोधमा कार्यक्रमहरु गरिरहेको छ भने ओली समूहले प्रतिवाद

गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर