२४ पौष २०७७, शुक्रवार

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज उल्टो हिंडेर संसद विघटनको विरोध गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेविसंघका नेता तथा कार्यकर्ताहरु काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वर सम्म उल्टो हिंडेर प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमको विरोध गरेका हुन । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी समेत गरेका छन् ।

नेविसंघका नेता–कार्यकर्ताले प्रधानमन्त्री ओलीले संविधान मिचेर उल्टो बाटोमा हिंडेको भन्दै उल्टो हिंडेर सांकेतिक रुपमा विरोध गरेका हुन ।

प्रदर्शनमा नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमिल्सिना, युवराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर