२४ पौष २०७७, शुक्रवार

प्रधानमन्त्री केपी शर्मा ओली धनगढी  पुगेका छन्।

https://amzn.to/4myfPN5

जनसभालाई सम्बोधन गर्न उनी धनगढी पुगेका हुन् ।

तर प्रधानमन्त्री ओलीको स्वागतको लागि सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधिहरु उपस्थिति भएका छैनन ।

यसअघि देशका प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिनिधिहरुको सहभागिता हुन्थ्यो।

प्रचण्ड–माधव समूह अन्तरगतका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीदेखि सांसदहरु प्रधानमन्त्रीको स्वागतमा सहभागी नभएका हुन्।

समाचार स्रोतका अनुसार जनसभा आयोजकले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री मातहतका मुख्य सचिव र सचिवहरुलाई स्वागतको लागि पत्रचार गरिएको छ। तर मुख्यमन्त्री तथा मन्त्रीहरुलाई कुनै औपचारिक जानकारी नआएपछि प्रधानमन्त्रीलाई स्वागतमा नजाने बताइएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर