२४ पौष २०७७, शुक्रवार

धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध जनाएको छ । अनेरास्ववियू कैलालीले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर बालेर प्रधानमन्त्री विरुद्ध विरोध जनाएको हो ।

https://amzn.to/4myfPN5

नेकपा विभाजनपछि आज प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउँदैछन्। प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानीबाहिर आउन लागेका हुन्।

सूदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड-नेपाल समूहका भएकाले पनि ओलीको धनगढी यात्राका क्रममा तनाव हुन सक्ने अनुमान गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ।

विमानस्थलमा तालिम प्राप्त कुकुरसहित सेना परिचालन गरिएको छ भने धनगढीका चोक चोकमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ। अनेरास्ववियूले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेर विरोध जनाउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर