२४ पौष २०७७, शुक्रवार

धनगढी विमानस्थलको सुरक्षा व्यवस्थामा  कडाइ गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएपछि शुक्रबार बिहानै विमानस्थलमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् भने प्रधानमन्त्रीको सुरक्षार्थ नेपाली सेनाको विशेष टोली समेत परिचालन गरिएको छ।

जिल्ला सुरक्षा समितिको बैठकबाट बनाइएको सुरक्षा रणनीति अनुसार धनगढीका चोक–चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। धनगढी विमानस्थलदेखि राष्ट्र बैँक चोक तथा जनसभा हुने खुलामञ्च सम्म ठाउँ ठाउँमा दर्जनौँ सुरक्षाकर्मीका टोली परिचालन गरिएको छ।

नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको छ।

संघीय प्रहरी इकाइ कार्यालय धनगढीमा स्थापना गरिएको कुकुर शाखामा रहेका राजा र रानी नाम दिइएका कुकुर प्रयोग गरिएको हो।

धनगढी विमानस्थलमा चेकजाँचका लागि ‘राजारानी’ को प्रयोग गरिएको प्रहरीले जनाएको छ।

नेकपा विभाजनपछि प्रधानमन्त्रीले पहिलो पटक राजधानी वाहिर सम्वोधन गर्देछन .

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर