
२४ पौष २०७७, शुक्रवार
कपिलवस्तु, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्र विरोधी भनेर अपमान गर्न नमिल्ने बताउनुभएको छ ।
कपिलवस्तुको आरटिओ सडकको उद्धघाटन गर्दै उहाँले देशमा संकट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर संसद बिघटन गरेको बताउनुभयो । उहाँले सडक आन्दोलन छाडेर निर्वाचनको तयारी गर्न पुष्पकमल दाहाल र माधव समुहका नेताहरुलाई सुझाव दिनुभयो ।
मुख्यमन्त्री पोखरेलले सडकले मधेशको विकासमा समृद्धि ल्याउने बताउनुभयो । प्रदेश सरकारको महत्वपूर्ण कामको रुपमा हुलाकी सडक रहेकोले सडक निर्माण पछि नागरिकहरुको दैनिकीमा समेत परिवर्तन हुने बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले सिँचाइ सुविधाका लागी नौमुरे सिँचाइ योजनाको काम अघि बढेकाले यसले जिल्लाको सिँचाइको समस्यालाई समाधान गर्ने बताउनुभयो । उहाँले सुकुम्बासी बस्तीको बाहुल्यता रहेको विजयनगरवासीलाई अहिलेकै सरकारले लालपुर्जा दिने पनि बताउनुभयो ।