२४ पुस २०७७

काठमाडौं / नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जानु हुँदैछ । ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा राखेको सभालाई सम्बोधन गर्न ओली धनगढी जान लाग्नुभएो हो । ओली समूहले आज धनगढीमा विशाल जनसभा गर्दैछ ।

https://amzn.to/4myfPN5

पार्टी विभाजन पछि पहिलो पटक ओली राजधानी बाहिर जान लाग्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । यसअघि राजधानीमा भएको विभिन्न कार्याकर्ता भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु भएको थियो ।

बुधबार सुदूरपश्चिम प्रदेश कमिटिले कमिटि विस्तार गर्दै आज सभा गर्ने निर्णय गरेको थियो । सो बैठकले ३० लाख हिनाममिना गरेको भन्दै नेकपा नेता भीम रावलालाई कारवाहीको सिफरिस पनि गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर