२१ पौष २०७७, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव समूह)ले प्रदेश नम्बर २ संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मंगलबार जनकपुरमा बसेको प्रचण्ड-माधव समूहको बैठकले मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित गर्दै शत्रुधन महतोलाई आफ्नो पक्षको दलको नेता चयन गरेको हो ।

महत्तोले नेकपाका ३२ मध्ये १९ प्रदेश सांसद आफूहरुसित भएको र त्यो बहुमत भएकाले नयाँ नेताको जिम्मेवारी आफूलाई दिएको जानकारी दिनुभयो ।

मण्डलविरुद्ध विरुद्ध उपनेता रामकुमार यादव समक्ष गत बुधबार नै प्रचण्ड-माधव नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

यो समूहले संसदीय दलको नेता चयनबारेको जानकारी सभामुख सरोजकुमार यादवलाई जानकारी गराइएको बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर