
२१ पौष २०७७, मंगलवार
दाङको घोराही उपमहानगरपालिका–१८ का एक वालकको कोरोना सक्रमणवाट मृत्यु भएको छ । १३ वर्षीय ती बालकको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको थियो । स्वास्थमा समस्या देखिएपछि १९ गते अस्पतालमा
भर्ना गरिएकोमा २० गते कोरोना सक्रमण पुष्टि भएको थियो । उनको आज विहान पौने ८ वजे उपचारकै क्रममा मृत्यु भएको हो ।
यसैगरी कन्चनपुरका ६० वर्षिय पुरुषको पनि आज विहान साढे ७ वजेतिर मृत्यु भएको छ । महेन्द्रनगर–५ का ती ६० वर्षीय पुरुष लाई स्वास्थमा समस्या देखिएपछि पुस १७ गते अस्पतालमा भर्ना गरिएकोमा पुस १८ गते कोरोना सक्रमण पुष्टि भएको थियो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
यसैगरी वाँके जिल्लाको जाँनकि गाउँपालिका वडा न ३ का का ६८ वर्षीय पुरुषको पनि कोरोना सक्रमणवट मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । ती पुरुषलाई स्वास्थमा समस्या देखिएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनीमा पुस ९ गते कोरोना सक्रमण पुष्टि भएको थियो ।
यो पनि पढनुहोस
कोरोना सक्रमणवाट १८ वर्षिय युवकको मृत्यु