२१ पौष २०७७, मंगलवार
नागढुंगा सुरूङ मार्ग निर्माणमा स्थानीय बासिन्दाले अवरोध गर्ने चेतावनी दिएका छन्। दुई दिनभित्र आफ्ना माग पूरा नभए निर्माण काम रोकिदिने स्थानियवासिले चेतावनी दिएका छन । उनीहरुले आफना पाँचवटा माग पुरा हुनु पर्ने वताएका छन । जस अनुसार
आयोजनाले निर्माणको काममा भएको क्षतिको तत्काल पुनर्निर्माण गर्नुपर्ने, परापूर्वकालदेखि प्राकृतिक रूपमा संरक्षण गरिएका खानेपानी निस्शुल्क उपभोग गर्दै आएकोमा आयोजना निर्माण पश्चात पनि निःशुल्क हुनुपर्ने,आफूहरुलाई रोजगारी दिनुपर्ने, विशेष प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने र त्यस्तो क्षेत्रमा फुटबल मैदान बनाइदिनुपर्ने, सडक मार्ग निर्माण गरिदिनुपर्ने माग रहेका छन ।
यसैगरी सिँचाइ व्यवस्था हुनुपर्ने तथा सुरूङमार्ग माथिको जग्गाको क्षतिपूर्ति दिनुपर्ने उनीहरूले माग राखेका छन्। आफूले राखेका यी माग पूरा नभए दुई दिनभित्र काम रोकिदिने चेतावनी दिएका छन्।
जापानी कम्पनी हाज्मा कर्पोरेसनले निर्माण जिम्मा पाएको यो आयोजनामा अहिले सुरूङ खन्ने काम भइरहेको छ ।









