
१८ पुष २०७७,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रमहरु
– पुस २० गतेसम्म पालिका स्तरमा र पुस २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
– २१ पुसमा संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।
– २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया ।
– २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना
गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
– २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम ।
– २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।
– २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।
– २९ पुसमा निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला ।
– ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा ।
– ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
– १० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्याली ।
– १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।
– २२ माघमा वडा तहमा मसाल जुलुस ।
– २३ माघमा राजधानीमा विरोध प्रदर्शन ।