१८ पुस २०७७
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको छ ।
राजधानीकोकमलादीस्थित प्रज्ञा भवनमा शनिबार ओली पक्षको नेकपाले राखेको कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन
प्रतिबन्ध लगाइएको हो । कालो मास्क, टोपी र गलबन्दी फुकालेर मात्रै प्रवेश दिइएको छ ।
कालो मास्क र टोपी लगाएर संकेतिक विरोधका लागि केही मान्छे आएको सूचना पाएकाले कार्यक्रम हलमा त्यस्ता वस्तु निषेध गरिएको
आयोजकले जनाएको छ ।
कमलादीमा शनिबार ओली पक्षको काठमाडौं जिल्ला कार्यसमितिले बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री
रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको सम्बोधन रहने छ ।









