१७ पुष २०७७

पाल्पामा एक कोरोना संक्रमितको ज्यान गएको छ । बगनासकाली १ का ७७ बर्षिय पुरुषको शुक्रबार दिउँसो ज्यान गएको हो ।

परिवारले दिएको जानकारी अनुसार युनाईटेड मिशन अस्पताल बाट थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास लाने क्रममा लामीडाडाँ नपुग्दै उनकाे मिर्तु भएको हो । मिसन बाट हिडेकाे  १५ मिनेट नपुग्दै अक्सिजन सकिएको भन्दै आफन्तहरुले मिशन अस्पतालले नै सकिएको अक्सिजन दिएर गल्ती गरेको गुनासो गरेका छन । मिसन बाट नहिड्दै बिरामीको बारेमा लुम्बिनी मेडिकल कलेजमा जानकारी दिएर अक्सिजन ठिक पार्न लगाएको भन्दै मृतकका आफन्तले प्रभास पु्र्याएको १०÷१५ मिनेट सम्म पनि अक्सिजनको ब्यवस्था हुन नसकेको बताए ।  सुगर र उच्च रक्तचापको समस्या भएपछि गएको १३ गते बिरामीलाई मिशन अस्पतालमा भर्ना गरिएको थियो ।

१४ गते उनमा कोरोना संक्रमणको पुष्टि भयो । शुक्रबार बिरामीलाई भेन्टिलेटरको आवश्यक भएपछि मिशन अस्पतालले लुम्बिनी मेडिकल कलेज लान रिफर गरेको थियो । तर अक्सिजन लगाएर एम्बुलेन्सबाट प्रभास स्थित मेडिकल कलेज लादै गर्दा अक्सिन सकिएपछि बिरामीको बाटोमै ज्यान गयकाेे आफन्तले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर