१७पुष २०७७                                                काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको दाबी गर्नुभएको छ ।

राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष गौतमले कानुनी रुपले नेकपा विभाजन भइनसकेकाले एकता जोगाउने सम्भावना जिवितै रहेको दाबी गर्नुभएको हो ।

https://amzn.to/4myfPN5

राष्ट्रियसभाका सदस्य समेत रहनुभएका उपाध्यक्ष गौतमले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुदको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहेकाले आफूले संगठित रूपमै एकता अभियान अगाडी बढाउने जानकारी दिनुभयो ।

उपाध्यक्ष गौतमले पार्टी एकताको पक्षमा सबै रहेको जिकिर गर्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफुसँग रहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर